Logo

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु



काठमाडौँ ३१ साउन । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

आजको बैठकमा विशेषगरी संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि अबका दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धनका एक नेताका अनुसार केही बेरअघि बालुवाटारमा बैठक सुरु भएको छ । बैठकको मूल एजेन्डा नै नागरिकता विधेयक हो ।

प्रतिक्रिया दिनुहोस्