काठमाडौँ, २० असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचदलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट टुङ्गो लगाउन शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।
बिहान ९ बजेबाट बैठक जारी छ । दलहरुबीच सिट बाँडफाँटमा सहमति हुन सकेको छैन । बैठकमा सबै शीर्ष नेता सहभागी छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते उमेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । मिति नजिकिँदै जाँदा सहमति नभएपछि गठबन्धनका दललाई दबाब छ ।







