
काठमाडौँ, २८ पुस । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अझै सुरु भएको छैन ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सुरु नभएको हो ।
गठबन्धनकै प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।







