Logo

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै



काठमाडौँ, ९ असोज । सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको कार्यदल आजदेखि प्रदेशसभा तर्फको सिट बाँडफाँटमा जुट्ने भएको छ ।

प्रदेशसभा तर्फको सिट बाँडफाँटमा छलफल गर्न कार्यदलको बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यदल सदस्य हिमलाल पुरीले जानकारी दिए ।

गठबन्धनमा प्रतिनिधिसभाकै सिट बाँडफाँटको अन्तिम टुंगो लागिसकेको छैन । गठबन्धनका नेताहरुले १ सय ६५ सिटमा ८० प्रतिशत टुंगो लागिसकेको र बाँकी क्षेत्रमा केही दिनभित्र टुंगो लाग्ने बताएका छन् ।

शनिबार दिउँसो बालुवाटारमा बसेको बैठकले टुंगो लाग्न बाँकी क्षेत्रको जिम्मा शीर्ष नेताहरुलाई दिँदै प्रदेशतर्फको बाँडफाँटमा प्रवेश गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्