Logo

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै



काठमाडौँ, २० भदौ । प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्ने तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आइतबार अपराह्न बसेको गठबन्धन दलका शीर्ष नेताको बैठक निष्कर्षमा पुग्न नसकेपछि सिट बाँडफाँडको खाका बनाउने जिम्मा पुन: कार्यदललाई नै दिइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी काम गर्न कार्यदललाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्