Logo

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा



धनगढी, २६ वैशाख । सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

सभामा सहभागी हुन प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगिसकेका छन् । देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी आर्मी ब्यारेक उत्रिएका हुन् ।

सभामा सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आइतबार बेलुकी नै धनगढी पुगेका छन् ।

धनगढीको सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्लाप्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्