काठमाडौँ, ७ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।
सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिए पछि आज पुन: बैठक बस्न लागेको हो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि कुनै निष्कर्षमा पुगेको थिएन ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।







