काठमाडौँ, २० साउन । सत्तारुढ गठबन्धनमा आबद्ध दलको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै गठबन्धनका दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बिहान साढे ९ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको बैठकमा गठबन्धन दलहरुबीच संघ र प्रदेशमा सिट बाँडफाँटका लागि कार्यदल बनाउने तयारी छ ।
कार्यदलले सिट बाँडफाँटको मोडालिटी तयार गरेपछि त्यसैअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा सिटको भागवण्डा गर्ने बताइएको छ ।







