
काठमाडौँ, ९ पुस । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो ।
नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
उक्त बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।







