Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौँ, १० पुस । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो ।

बैठकमा सरकारको नेतृत्व र सत्ताका मुख्‍य जिम्मेवार पदहरूको भागबण्डा र शक्ति बाँडफाँडका विषयमा कुराकानी हुने बताइएको छ । गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सरकारको नेतृत्वका विषयमा कुरा मिल्न बाँकी छ । साथै गठबन्धनभित्रको भागबन्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।

शनिबार साँझ बसेको बैठकले आज पुन: बैठक बस्ने निर्णय गरेको थियो । बैठकअघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्