काठमाडौँ, १५ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेपछि अपरान्ह ३ बजेसम्मका लागि स्थगित भएको छ ।
काँग्रेस नेता रमेश लेखकले भोलि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको बताए । आज तीन बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रसाय गरिने उनले बताए ।







