काठमाडौँ, २१ फागुन । सत्ता गठबन्धनको आज बिहान ८ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्न बैठक बोलाएका थिए । सत्ता अदलीबदलिको चर्चासँगै बैठक स्थगित भएको छ ।





