Logo

सत्ता गठबन्धनभित्र आशंका



काठमाडौँ, २१ बैशाख । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ । सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो ।

सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका शुरू भएको छ । भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध काँग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ । पौडेललाई पार्टीले कारवाही गरे पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।

यस्ता खालको बागी उम्मेदवारीका कारण माओवादीले कांग्रेसलाई शंकाको दृष्टिले हेर्दै आएको छ । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यविरुद्ध पनि काँग्रेसबाटै विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्