Logo

बालुवाटारमा सात दलको बैठक जारी



काठमाडौँ, २१ असार । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ ।

केही समयअघि शुरु भएको बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै कोशी प्रदेशमा मुख्यमन्त्री चयन, मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएकोलगायतका विषयमा पनि छलफल केन्द्रित छ ।

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्रसहित नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू बैठकमा उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्