Logo

सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे अझै जुटेन सहमति



काठमाडौँ, २० असोज । सत्ता गठबन्धनले सिट बाँडफाँट बारे अझै निष्कर्ष निकाल्न सकेको छैन । बुधबारको बैठक पनि विना निष्कर्ष टुंगिएको छ ।

गठबन्धन नेताहरु दशैँ मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार हिजो नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो ।

कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्