काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसले आफू सत्ता गठबन्धन भत्काउने खेलमा नरहेको बताएको छ ।
शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले आफूहरू सत्ताको दौडमा नरहेको बताएका हुन् ।
‘हामी सत्ता भत्काउने खेलमा छैनौँ । छलफल गर्दैमा गठबन्धन भत्काउने भन्ने हुँदैन,’ लेखकले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिँदे छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कांग्रेसले नयाँ गठबन्धनको प्रयास गरिरहेको चर्चा चलेको छ ।







