Logo

सत्ता गठबन्धन भत्काउने खेलमा छैनौँ: लेखक



काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसले आफू सत्ता गठबन्धन भत्काउने खेलमा नरहेको बताएको छ ।

शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले आफूहरू सत्ताको दौडमा नरहेको बताएका हुन् ।

‘हामी सत्ता भत्काउने खेलमा छैनौँ । छलफल गर्दैमा गठबन्धन भत्काउने भन्ने हुँदैन,’ लेखकले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिँदे छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कांग्रेसले नयाँ गठबन्धनको प्रयास गरिरहेको चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्