Logo

सत्ता गठबन्धन भत्काउन अनेक प्रयास भइरहेको छ: ओली



काठमाडौँ, २ फागुन । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन् ।

अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरेका हुन् ।

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाए । “हामीले लिएको समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा गलत हुन सक्दैन”, उनले भने ।

अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रुपमा रहेको उल्लेख गरे । उनले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राखेका थिए । उनले भने “देश बनाउनुपर्ने कुरा छ । सोझो रेखामा राजनीति जाँदैन । मैले अनेक उतारचढाव देखेको छु । उतारचढाव फेरि पनि आउँछन् ।”

प्रतिक्रिया दिनुहोस्