Logo

सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै



काठमाडौँ, २३ साउन । सत्ता गठबन्धनमा आबद्ध दलहरूले गठन गरेको निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने तय छ । सिट बाँडफाँडको गृहकार्य गर्न बैठक बस्न लागेको हो ।

गएको शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न कार्यदल गठन गरिएको हो । भदौ पहिलो साता सिट बाँडफाँडको टुंगो लगाउने उनीहरूको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्