Logo

सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै



काठमाडौँ, १२ भदौ । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

गएको शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो । दलहरूले आ-आफ्नै दाबी प्रस्तुत गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्