तनहुँ, १६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताएका छन् ।
तनहुँको भानु नगरपालिका-९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरेका हुन् ।
अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उललेख गर्दै पौडेलले भने, “कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ ।”







