काठमाडौँ, २८ चैत । पाकिस्तानको राजनीतिक संकट गहिरिँदै गएको छ । पाकिस्तानी प्रधानमनत्री इमरान खान नेतृत्वको सरकार विरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएको छ । संसदबाट आज नयाँ प्रधानमन्त्री छनोट हुने भएका छन् । तर, इमरान खानका समर्थकले सडकमा विरोध प्रदर्शन थालेका छन् । आइतबार राती अबेसम्म समर्थकले सडक प्रदर्शन गरेका थिए ।
विपक्षी गठबन्धनबाट नयाँ प्रधानमनत्री बने पछि राजनीतिक संकट भने गहिरिँदै गएको हो । सत्ताच्युत भएको इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ (पिटीआई)ले आजबाट देशव्यापी सडक प्रदर्शन र विरोध सभा सुरु गरेको छ । पिटीआईले इस्लामाबाद, कराची, पेशावर, मालाकन्द, मुल्तान, खेबर, झांग, क्वेटालगायतका शहरमा प्रदर्शन जारी राखेको छ । नयाँ सरकार बन्नु अघि नै इमरान खानका समर्थक तथा कार्यकर्ताले सडक प्रदर्शन पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
इमरान खान अल्पमतमा पर्ने भए पछि अविश्वास प्रस्ताव खारेज गरी संसद विघटन गरेका थिए । तर, पाकिस्तानको सर्वोच्च आदालतले बिहिबार संसद पुर्नस्थापना गरेको थियो । पुर्नस्थापित संसदमा अल्पमतमा परे पछि इमरानको सरकार ढलेको हो ।
सत्ता बाहिर भएका इमरानले अमेरिकाको सड्यन्त्रबाट आफुलाई हटाइएको बताउँदै आएका छन् । खानले आफ्ना समर्थकलाई सम्बोधन गर्दै विदेशी हस्तक्षेपका विरुघ संघर्ष गर्ने घोषणा गरेका छन् ।