फाइल तस्बिर
काठमाडौँ, २७ फागुन । सत्ता साझेदारदलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी छन् ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तय भएको छ ।







