Logo

सत्ता साझेदार दलको बैठक: पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने



फायल तस्बिर

काठमाडौँ, १४ पुस । सत्ता साझेदारलहरूको बैठकले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । समितिमा प्रत्येक दलबाट १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने निर्णय भएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा बारेमा पनि छलफल भएको मन्त्री लामिछानेले बताए । उनले मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने बताए । मन्त्रिपरिषद् विस्तार हुन समय लाग्नसक्ने मन्त्री लामिछानेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्