Logo

पछिल्लो समय देशको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा: लिङदेन



काठमाडौँ, ३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय देशको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष लिङदेनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भईरहेको अतिक्रमणले देशको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् ।

उनले सबै दलहरुसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रह समेत गरे । पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढ्न सके त्यसले देशको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने पनि अध्यक्ष लिङदेनले दावी गरेका छन् ।

नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरकोले देशमा विदेशी हस्तक्षेप बढ्न गएको तर्क समेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्