काठमाडौँ, ३१ असोज । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमवार एक विज्ञप्ति निकालेर मङ्गलवार कात्तिक १ गते जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतवार बिहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।