काठमाडौँ, २५ असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ ।
विगत १८ दिनदेखि ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सोमवारभन्दा आज केही सुधार आएको अस्पतालले जनाएको छ ।
मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार आएको र उनले सामान्य प्रतिक्रियासमेत देखाएको अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले जानकारी दिए ।
छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक्स भने निरन्तर छ । रगत परीक्षणपछि उनमा डेङ्गी पुष्टि भइ उपचार भइरहेकोमा सोमबार बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको थियो ।