काठमाडौँ, २७ असोज । बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारेर उपचार थालिएको छ ।
स्वास्थ्यमा सुधार आएपछि बुधबार उनलाई आईसीयूबाट डिलक्स क्याबिनमा सारिएको थियो । तर फेरि समस्या देखिएपछि उनलाई बिहानदेखि आईसीयूमा सारिएको किष्ट मेडिकल कलेजले जनाएको छ। अस्पतालकाअनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर उपचार थालिएको हो ।
अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जोशीलाई निमोनिया सङ्क्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याका लागि दिइएको एन्टिबायोटिक्स् दिइरहनु पर्ने देखिएको बताएका छन् । जोशीको विगत २० दिनदेखि उपचार भइरहेको छ ।