Logo

सत्यमोहन जोशी अस्पताल भर्ना



काठमाडौँ, ३ वैशाख । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।

मुत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई किस्ट मेडिकल अस्पताल ललितपुरमा भर्ना गरिएको हो । यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि जोशी एक हप्ताको उपचारपछि फागुन दुई गते डिस्चार्ज भएका थिए ।

उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । जोशी आउँदो वैशाख ३० गते उमेरले १ सय ३ वर्ष पुग्दै छन् ।

प्रतिक्रिया दिनुहोस्