काठमाडौं, ३१ बैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यक्षमा महेशकुमार थापा नियुक्त भएका छन् ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो । उनी ऋण असुली पुनरावेदन न्यायाधिकरणका पूर्वअध्यक्ष पनि हुन् ।
यस्तै बैठकले संक्रमणकालीन न्यायसम्बन्धी अर्को बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले पठाएका नाम मन्त्रिपरिषद्ले अनुमोदन गरको हो। योसँगै संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पूर्णता पाएको छ।
बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५/५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
मन्त्री गुरुङका अनुसार नियुक्त पदाधिकारी निम्नानुसार छन्-
सत्य निरुपण तथा मेलमिलाप आयोग
अध्यक्ष महेश थापा- संखुवासभा
सदस्यहरू
अच्युतप्रसाद भण्डारी- जाजरकोट
डा. टीकाप्रसाद ढकाल- पाँचथर
पदमबहादुर शाही- जुम्ला
कुमारी कौशल्य ओझा- कञ्चनपुर
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
अध्यक्ष लीलादेवी गड्तौला- तेह्रथुम
सदस्यहरू
गोपालनाथ योगी- सल्यान
अग्नीप्रसाद थपलिया- झापा
सृजना पोखरेल- काठमाडौं
विनिता नेपाली कास्की- सदस्य
गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको सिफारिस समितिलाई पुनर्गठन गरेको हो। समितिमा डा. विश्व पौडेलको स्थानमा अर्थविद् डा। पोषराज पाण्डेलाई नियुक्त गरिएको छ। पौडेलले राजीनामा दिएपछि समिति समिति पुनर्गठन गरि पाण्डेलाई ल्याइएको हो।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा। पोषराज पाण्डे सदस्य रहेका छन्।