Logo

सत्य मोहन जोशीको आईसीयूमा उपचार हुँदै



काठमाडौँ, २४ असोज । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीलाई आईसीयूमा सारिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको ७ गतेदेखि उनको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । लामो समयदेखि प्रोष्टेड र मुटुको समस्या भएका उहाँलाई डेङ्गी समेत भएको छ । उनलाई डेङ्गीले निकै गलाएको अस्पतलाले विज्ञप्ति निकालेर जनाएको छ ।

१७ दिनको अस्पताल बसाइमा केही सुधार आए पनि पछिल्लो ३-४ दिनदेखि फेरि समस्या बढ्दै गएको विज्ञप्तिमा भनिएको छ । युरिन इन्फेक्शन तथा निमोनियाका कारण उनलाई हिजोदेखि आईसीयूमा सारिएको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्