Logo

सदनको अवरोध हटाउन एमाले सहमत



काठमाडौँ, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि एमाले संघीय संसदका दुवै सदनमा देखिएको अवरोध हटाउन सहमत भएको हो ।

नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गृहमन्त्रीको जवाफ सुन्ने र चित्त नबुझे पुन: अवरोध गर्ने बताए ।

‘सत्ता पक्षले गृह मन्त्रीले जवाफ दिन खोज्दा पनि एमालेले अवरोध गरिरहेको छ भनेर भ्रम छर्न खोजिरहेको छ’‚ बर्तौलाले भने, ‘त्यसैले हामी पहिला गृहमन्त्रीको जवाफ सुन्छौं । त्यसमा उच्चस्तरीय समिति गठन गर्ने विषय आयो भने हामी स्वागत गर्छौं‚ बैठक सहजै अघि बढ्छ । नभए हामी अवरोध कायम राख्छौं ।’

एक क्न्टिल सुन तस्करी प्रकरणका विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पार्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्