Logo

सदन चलिरहँदा मोबाइल स्विच अफ गर्नुस्: अध्यक्ष तिमिल्सिना



काठमाडौँ, २१ चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल ‘स्विच अफ’ गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

मङ्गलवार राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले मोबाइल ‘स्विच अफ’ गर्न सांसदहरूलाई सचेत गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका हुन् । उनले भने, ‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस् ।’

सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रिय सभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्