विमल लामिछाने,
भूमिका
भनिन्छ, सामाजका असल अगुवाहरूको अन्त्य हुदैन किन की तिनीहरू माथि भरोसा गर्ने जन समूहले तिनको अन्त्य चाहेकै हुदैन । ज्ञानदिलदास आज हामी माझ छैनन् तर उनका देनहरू हाम्रा अगाडि छमछमी नाचि रहेका छन् । उनका कृतिहरू हाम्रा शिक्षाका स्रोतहरू बनेका छन् । वाणीहरू हाम्रो विहान बेलुका बझाउने शंख घण्ट, झ्याली मजुरा र झ्याम्टा मादलका धुनहरूमा गुन्जी रहेका छन् । उनले चालेका समाज परिवर्तनका पाइलाहरू एक पछि अर्को गर्दै लाम लागी रहेका छन् । आजको विश्वले उनका ढुकढुकी र स्पन्दनहरू खोजी रहेको छ । उनको भौतिक शरीर नभएपनि उनी हाम्रो मन मस्तिष्कमा झ्याङ्गिएर बसेका छन् । त्यसैले लाग्छ उनको सुन्दर जीवनको अध्ययन हामीले गर्ने पर्दछ । मनव इतिहास चाहे पुरानो होस चाहे नयाँ लामो या छोटो जे भए पनि प्रमाण उपलब्ध नगरी देखिदैन ।
इतिहास र संस्कृतिको अध्ययनमा पुरातत्वको भूमिका महत्वपूर्ण हुन्छ भनिन्छ । आज हामी २१ औँ शताब्दिमा आएर लगभग २०० वर्ष पुरानो इतिहास र संस्कृतिको प्रमाण जुटाइ रहेछौँ । मानव सभ्यताको विकास क्रमसँगैसँगै मान्छेले लुकेका इतिहास र संस्कृतिको खोज अनुसन्धान गर्दो रहेछ । कालान्तरमा गएर त्यो ऐतिहासिक पुरातत्वको प्रमाणको आधारमा इतिहासमा पूर्णता पाउँदो रहेछ । यीनै खोज अनुसन्धानको एउटा उदाहरण बन्न पुगेका छन् श्री कृष्ण लामिछाने “ज्ञानदिलदास” का देनहरू ।
हुन त “ज्ञानदिलदास” लाई कुनै कपीको पनामा उत्तारेर सम्भव छैन, पुस्तकमा छापेर उनका चिन्तनहरू छापि सकिन्न होला सफल मान्छेको जीवन जति तन्कायो उति तन्किएर आउने कपासको धागो जस्तै हुदो रहेछ । उनको जीवन र देनहरूलाई कलमले उत्तार्नु असम्भव कार्य हो । यहाँ एउटा सुन्दर जीवनलाई झट्ट हेर्दा आवरणमा जे देखिन्छ त्यो मात्र मैले बँुदागत रुपमा पस्किने कोसिस गरेको छु ।
लौङ्गिक विभेद र जातीय अन्तरविरोधमा “ज्ञानदिलदास”
सन्त “ज्ञानदिलदास”ले लैङ्गिक विभेदर जातिय अन्तरविरोधको सवालमा ठूलो सघर्ष र त्याग गरेका प्रमाणहरू प्रसस्त छन् । जसले तत्कालिन समयमा अन्त्यान्तै ठूलो चुनौतिसँग सामना गर्नु परेको छ । हुन त समयको परिवर्तनसँगै समाजको पनि विकासको परिवर्तन भएको पाइन्छ तर सामाजिक परिवर्तननका लागि विभिन्न कालखण्डमा परिवर्तनका पक्षधर र निश्चित प्रतिष्ठित व्यक्तिहरूको मुख्य भूमिका रहेको पाइन्छ । परापूर्वक कालदेखि हालसम्म विभिन्न चरणमा आन्दोलन हुदै आए पनि जातिय र लैङ्गिक विभेदको अन्त्य भने अझै हुन सकेको छैन ।
हुनत ऋग्वेदको दशौँ मण्डला पुरुष सुत्रमा नै वर्ण व्यवस्थाको उत्पत्ति ब्रह्माको विभिन्न अवयवबाट भएको भएको मानिएको छ तर त्यस युगमा यसले सामाजिक स्तर र मान्यतालाई कुनै भिन्नता देखाएको थिएन । सबै वर्णहरू समान स्तर र मान्यताका थिए । पछि उत्तरवैद्धिक कालमा आएर भने वर्ण व्यवस्थामा सामाजिक भेदभाव बढ्न थालेको भनिन्छ । यस वखत ब्रह्मण, क्षेत्री, वैश्य र सुद्र विच भिन्नता देखाइयो । यी सबै टाठाबाठा भनाउँदाहरूले कामको आधारमा छुट्याइएका भिन्नताहरू थिए । त्यस पछि विवाह र मृत्युका अनेक नियमहरू पनि जातिय रुपमा बन्न सुरु गरे ।
अन्तरजातिय विवाहबाट उत्पन्न सन्तानहरूलाई अर्कै वर्गमा गनिन थालियो । यहि जातिय अन्तर विरोधका साथ साथै लैङ्गिक विभेदले घर गरेको पाइन्छ । जस्तै छोरीलाई दुःखको स्रोत मान्नु, पुरुषले इच्छाअनुसार श्रीमति राख्न पाउने तर स्त्रीले पुर्नविवाह गर्न नपाउने नियम यसैबेला भएको पाइन्छ ।
अब यहाँनेर यीनै उल्लेखित दुवै विषयको सन्त “ज्ञानदिलदास”ले खण्डन मात्र गरेनन की प्रतिवाद नै गरेको र ठूलो समूलाई केन्द्रिकृत गरी संघर्ष चलाएको कुराहरू आज आएर ग्रहण गर्न योग्य छन् । जस्तै–े मध्यान्नको टनटलापुर घरमा सहरको भिड बिच सयौँ चेलाका साथ घना बासको राँको बालेर जात खोज्नु, माथि उल्लेखित उत्तर बैद्धिक कालको वर्ण विभाजकहरूका लागि गतिलो झापड हो भने परिवर्तनका पक्षधरहरूको लागि उर्जा पनि हो ।
ठूला जातिले मात्र शिक्षा दिक्षा लिन हुने साना जातिले ठूला जातिको सेवा गरेर बस्नु पर्ने मान्यता बोकेको जातियताको अङ्हकारले जरजर समाजलाई चिर्दै ( राई, लिम्बू, गुरुङ्ग , नेवार, कामी, दमाई, सार्की र मधेसी ) सबैलाई एउटै सुत्रमा राखेर सबैलाई समान रुपले चेला बनाउन र समान शिक्षाको दायरामा उभियाउन सफल हुनु “ज्ञानदिलदास” जातिय विभेद विरुदको अर्को महत्वपूर्ण आन्दोलनको उदाहरण हो । मानव जन्मदै कोही धनी र कोही गरिब भएर जन्मिदैन, जन्मदै जातीय विभेदको यो वा त्यो बहानामा मानिसलाई कैद गर्नु हुदैन भन्ने मान्यता थियो उनमा भन्ने कुराको राम्रो शिक्षा उनको आचरणले नै स्प्रष्टिकरण दिन्छ ।
“ज्ञानदिलदास” ले छोरा वा छोरी जो सुकैलाई चेलो बन्न र समान शिक्षा लिन खुल्ला गरेका थिए । समान शिक्षा दिन सके छोरीले पनि छोराको भन्दा राम्रो प्रगति गर्न सक्छन् भन्ने उनको बचन वाणीहरू भेट्न सकिन्छ । आज उनको यो शिक्षा र अन्दोलनको अभियान विश्व भरका व्यक्तिहरूले ग्रहण योग्य बताएका छन् । ठूला जाति भनिएकाहरू बाटाको माथिल्लो भागबाट र साना जाति भनिएका जातिहरू बाटोको तल्लो भागबाट हिड्नु पर्ने, साना जातलाई ठूला जातको घरमा दुध, दही दिएमा गाई भैसी रुख चड्ने वा प्रलय हुनेछ भन्ने अन्ध विश्वासलाई “ज्ञानदिलदास” ले तोडिदिएको जसमनि धर्म परम्पराका अनुयायीहरू बताउँछन् । यसरी जातीय अंहकारका विरुद्ध उनले हरेक कोणमा अन्दोलन गर्दै मानिस मानिसबीचको विभेद अन्त्य गर्न ऐतिहासिक भूमिका निर्वाह गरेका छन् । उनको यो योगदान आज पनि उत्तिकै प्रशंसनिय र अतुलनीय छ ।
विज्ञानमा “ज्ञानदिलदास”
सन्त “ज्ञानदिलदास” को जीवन आफैमा विज्ञानसँगत थियो र उनी विज्ञानको खोज अनुसन्धान गहिरो गरी गर्दर्थे । प्रकृति विज्ञानबारे अध्ययन गरेर केहि तथ्यहरू पत्ता लगाएको प्रमणहरू फेला परेका छन् । विज्ञानको आधारमा समाज अगाडी बढ्न सक्नु पर्दछ भन्ने मान्यता “ज्ञानदिलदास” को हो । पृथ्वीमा प्रकृति र जीवनको सम्बन्ध, इकोसिस्टम बस्तुको निषेध र गुणात्मक विकास बारे ज्ञानदिलदासले गहिरो अध्ययन गरेका थिए भन्ने कुरा उनका लेख रचना र भजनहरूले ऐन झै छर्लङ्ग पारेको छ । उनले विज्ञानलाई साहित्य मार्फत यसरी सरली करण गर्न खोजेका छन् जो आफ्ना चेलाहरूलाई सजिलै बुझाउन सकियोस् । एउटा बस्तुको अन्त्य पछि अर्को बस्तुको गुणात्मक विकास सहितको निर्माण कसरी हुन्छ भन्ने कुरालाई बुझ्न उनको एउटा भजनलाई यहाँ उदाहरणको रुपम प्रस्तुत गरेर हेरौँ ।
गौवाके सँगमे तीड विगारे– तीड दुध भै मिले मेरा भाई,
धातुके सँगमे पत्थर विगारे– पत्थर धातु भै मिले मेरा भाई,
गुरुके सँगमे चेलो विगारे– चेलो गुरु भै मिले मेरा भाई,
ज्योतिके सँगमे वर्तन विगारे– र्वतन ज्योति भै मिले मेरा भाई,
उक्त हरफहरूमा रसायन विज्ञानको कुरा उठाइएको छ । जसमा एउटा बस्तुले अर्को वस्तुको निषेध गरेर गुणात्मक विकास सहित नयाँ वस्तुको उत्पादन गरेको बुझाईएको छ । गाईले घाँसको निषेध गर्दछ तर घाँस दुधमा परिणत हुन्छ , धातुले पत्थरको निषेध गर्दछ तर पत्थर धातुमा परिणत हुन्छ । गुरुले चेलालाई गुरुमा परिणत गर्दछ, आगोले दियोको वर्तन जलाउँछ, तर वर्तन ज्योतिमा परिणत हुन्छ भनिएको छ ।
ज्ञानदिलदासको यो बुझाई न्यूटनको प्रकृति विज्ञानसँग मेल खान जान्छ । न्यूटनले एउटा प्रथम दैवी प्रेरणाको स्थापना प्रस्तुत गर्दै भनेका थिए की “प्रकृतिको सम्पूर्ण व्यवस्थामा प्रयोजना व्यप्त छ, जसमा हरेक चिज अर्काको निम्ति उत्पादन भएका हुन्छन्, जस्तो विरालाहरू यस कारणले बनाइएका छन् की तिनीहरूले मुसाहरूलाई खाउँन र मुसाहरू यसकारणले बनाइएको छ की विरालाहरूले तिनीहरूलाई खाउँन । समग्र प्रकृति यसकारणले बनेको छ की सृष्टि कर्ताको बुद्धि प्रकाशित होस् ।”
अर्को एक प्रसंगमा ज्ञानदिलदासले बोट वृक्ष र जडिबुटिलाई मानिसले कसरी प्रयोजनमा ल्याउनु पर्दछ भन्ने कुरा उठाएका छन् । जसलाई छोटकारीमा यहाँ चर्चा गरौँ । मुलक आज आएर मात्र डाक्टर, वैध र विभिन उपकरणहरूको विकासशिल छ । नत्र भने परापूर्व कालदेखि नै जंगली जडीबुटीलाई मानिसले औषधीको रुपमा प्रयोग गर्दथ्यो । हरेक चिज प्रयोगद्वारा पत्ता लागेका छन्, खान हुने, खान नहुने, औषधी हुने या विषालु हुने, हरेक वस्तु प्रयोगद्वारा नै प्रयोजनमा ल्याएका हुन् ।
ज्ञानदिलदासले जडीबुटीलाई सहि ढंगले प्रयोजनमा ल्याउने हो भने हरेक रोगसँग लड्न सक्ने क्षमता जडीबुटीमा नै भएको व्यवहारिक ज्ञान एकबाट अर्को पुस्ता हुदै आजसम्म पनि प्रयोजनमा आइरहेको छ । ज्ञानदिलदास गाँजा, चरेस, अफिम, धतुरो र पलास जस्ता नशालु पर्दालाई मादक पदार्थ वा नषाको रुपमा नभई औषधीको रुपमा प्रयोजनमा ल्याउन सकिने बताउथे भनिएको छ । जसले रोग थोपार्ने नभई रोग निवारण गर्न सकोस् । गाईवस्तुको विरामी अनुसार हाडे लसुन ठोट्नेका जरा अकवरे खोर्सानी, चिराइतो, चरिअमिलो, पारिजात, ध्यूकूमारी, बाँसका आँकुरा लगायत जडीबुटी तयार गर्न निर्माण गरिएका ढुङ्गा ओखल र सिलोटाहरू आजपनि ज्ञानदिलदास गुफामा सुरिक्षत छन् ।
हातखुट्टामा निस्केका भैसे दादलाई निको गर्न कपासका गुटिबाट बनाइएको रक्सी उपयोगी हुने प्रयोग ज्ञानदिलदासले नै गरेका हुन्, त्यो रक्सी बनाउने विधि सहित धातु र माटोबाट बनाएका उपकरणहरू हालसम्मपनि इलाम जिल्लाको आमचोक गाउँमा सुरक्षित छन् । जसको प्रयोजन हालपनि गर्दै आएको पाइन्छ । यो रक्सी विज्ञानको रसायनीक प्रणालीद्वारा तयार गरिन्छ ।
संस्कार र संस्कृतिमा ज्ञानदिलदास
हरेक मानिसले आ–आफ्नो धर्म र संस्कृतिका आडमा जीवन निर्वाह गरिरहेको हुन्छ । धर्म, विचार संस्कार र संस्कृति आफ्नै परम्परा अनुसारका हुन्छन् । भनिन्छ भगवान प्रति विश्वास नगर्ने मानिसहरूले पनि कठीन परिस्थितिका बेलामा भगवना रक्षा गर्नुहोस् भन्छन् अरे । हुन त जसमुनी धर्म र परम्पराका गुरु भनेर ज्ञानदिलदासलाई नै चिनिन्छ, तथापी संस्कार र संस्कृतिमा उनको धारणाको छोटो चर्चा गराँै ।
हिन्दु धर्म परम्पराको स्थितिलाई अध्ययन गर्दा ऋवैदिक परम्परालाई नै विकास गर्दै लगेको पाइन्छ । वैद्धिक युगमा आर्यहरूले विष्ण्ुा र शिवलाई विशेष सम्मान दिन्थे, त्यसबेला पुजिने देवताहरू अहिले पनि एक पक्षले पुज्दै आएके छ तर उनीहरूको मान्ने र पुज्ने तरिकामा भने फरक पाइन्छ ।
ऋणवेदमा शिवलाई भय र त्रास उत्पन्न गराउने रुद्र वा डरलाग्दो देवताका रुपमा लिइन्थ्यो भने अब आएर उनको स्थान दयालु महादेव तथा कल्याणकारी शिवका रुपमा चिनिन्छ । त्यस्तै प्राचिन युगमा सूर्यको एक भाग मानिएका विष्णु अव आएर छुट्टै सम्मानित देवता बन्न गए । अर्थात समयक्रम अनुसार धर्म संस्कार र संस्कृति पनि बदलिदो रहेछ ।
धर्म संस्कार र संस्कृतिका बारेमा ज्ञानदिलदासले यसरी बताएका छन्, कि मानिसले समय र बदलिदो परिस्थिती अनुसार चेतना स्तर बनाउन आवश्यक छ र बदलिदो चक्रमा घुम्न सक्नु पर्दछ । ज्ञानदिलदास धर्मका नाममा मानिसमा वितिष्णा फैलाउन नहुने बताउछन् धर्म र ब्रत इच्छा अनुसार नै हुने छन् तर फल प्राप्त गर्ने नाममा भोको पटे बसेर ब्रत र तपस्या गरेका प्रमाणहरू पाइदैनन् । यहाँनेर गौतम बुद्धको एउटा धारणासँग ज्ञानदिलदासको विचार मेल खाएको पाइन्छ । सिद्धार्थ गौतमले ६ वर्ष सम्मको अहोरात्र तपस्या गरेर शरीरिमा हाड, छाला मात्र शेष थियो तर पनि उनलाई ज्ञान प्राप्त भएन, फलतः शरीरलाई कष्ट दिनाले ज्ञान प्राप्त हुदैन भन्ने निष्कर्षमा उनी पुगे । चिन्तन गर्न र सहि निष्कर्षमा पुग्न शरिरलाई भौतक तत्व अर्थात आवश्यक आहारा चाहिन्छ भन्ने उनको निर्णय थियो ।
जन्म संस्कार, मृत्य र विवाह सस्कारमा ज्ञानदिलदास आफ्नो क्षमता र औकात भन्दा माथि उठेर तड्क भड्क गर्नु निन्दानिय ठान्दछन् । मृत आत्मा र ब्राह्मणको अद्धैत सम्बन्ध दुवै एक हुन अलग–अलग होइनन् भने भावनालाई उनले प्रतिवाद गरेका छन् । मृतआत्मा ब्राह्मणको आत्मासँग मिल्न जान्छ र ब्राह्मण दान पछि मृतआत्माले पुन्य प्राप्त गर्छ भन्नुलाई ठगीखाने ढुङ्गी चरित्र हो भन्ने थियो उनका आलेखहरूमा उल्लेख छ । मानिस मर्दा साना जातिले छुनु हुदैन, स्त्री जाति मलामी जानु हुदैन, श्रीमानको मृत्यु पछि स्त्रीहरूले चाहादा अर्को विवाह गर्न नपाउने जस्ता कुप्रथाहरूको ज्ञानदिलदासले खुलेर विरोध गरेका छन् ।
सामुहिकतामा बल छ र सामुहिक प्रयासबाट मात्र दुनीयालाई बदलन सकिन्छ भन्ने ज्ञानदिलदासको तर्क आज आएर पनि अर्थपूर्ण देखिन्छ ।
एकान्त गुफा र ओडारमा ज्ञानदिलदास
सन्त ज्ञानदिलदासले जीवनको अधिक समय गुफा र ओडारमा विताएका थिए भन्ने कुरा इलाम जिल्लाको आमचोक गाउँका विभिन्न गुफा र ओडारहरूमा भेटिएका उनले प्रयोग गरेका भाडा वर्तन र अवशेषहरूबाट प्रमाणीत हुन्छ । उनी गुफामा बसे, ओडारमा बसे, लामो समय न्यास ध्यानमा लगे भन्ने कुरा चाही सबैले बुझेकै कुरा हो तर किन बसे गुफा र ओडार खोजेर बस्नै पर्ने बाध्यात्मक स्थिति के थियो त उनको ? यो मुख्य प्रश्न हो र खोजीको विषय पनि हो । सामन्य अर्थमा हेर्दा न्यास ध्यानमा लाग्ने र गहिरो अध्ययन गर्ने मान्छेले एकान्त मन पराउँछ तर उनको सवालमा यो मात्र मुल कुरा होइन । जब कुनै पनि मानिसले सामाजि परिवर्तन परिर्वतन चाहन्छ उसले समाजमा ठूलो सघर्ष गर्नु पर्ने हुन्छ । ज्ञानदिलदासले अध्ययनका साथै सामाजिक परिवर्तनको लागि जातिय, संस्कृति लगायत विषयमा अन्दोलन सुरु गरे त्यो समाजका लागि तत्काल स्वीकार्य ठहरेन । दोस्रो जातिय र लैङ्गिक विभेदको विरुद्ध उनले चालेको कदम उनका बन्धुु बान्धवहरूले नै स्वीकारेनन् । नकी तत्कालिन प्रशासनले त स्वीकार्ने कुरा नै भएन । त्यसैले आफू मजबुद नबनुनजेल र आफ्नो चेलाहरूलाई दिक्षित नतुल्याए सम्मको अवधि उनको रोजाइमा गुफा र एकान्त ओडारहरू नै खोज्नु पर्ने बाध्यात्मक स्थिति सिर्जना भएको हुनु पर्दछ । निश्चित अवधिकका लागि उनी भूमिगत भएका हुनु पर्दछ । यहि अवधिलाई ज्ञानदिलदासको गुप्तवासको अवधि पनि भनेर चिनिन्छ । यहाँ स्मरणीय के छ भने ज्ञानदिलदास बसेको सबै जसो गुफा र ओडारहरू छेउ प्रायः ठूला ठूला कल्पवृक्ष, वर, पिपल, दुधिलो, चाप र तुलसीको बोटहरू रहेका छन् । प्रायः सबै जसो गुफाको आसपासमा झरना र स्वच्छ मूलको पानी निरन्तर बगि रहन्छ । यस्तो स्वच्छ ठाउँ खोज्नु उनको लागी अध्ययन अनुकुल ठाउँ हन सक्ने अनुमान सहज गर्न सकिन्छ ।
निष्कर्ष
अग्रगामि सोच र चिन्तनका धनी श्री कृष्ण लामिछाने “ज्ञानदिलदास” लाई युग परिवर्तनका सम्वाहकका रुपमा लिनै पर्ने हुन्छ । उनी उच्च विचारका व्यक्तित्व थिए । क्रान्तिकारी सोच र चिन्तनकै कारण उनले एक पछि अर्को सफलता हाँसिल गरेका इतिहासहरू पढ्न सकिन्छ । प्रयोगको विधिलाई मूल मन्त्र मान्ने उनी बहुआयमिक व्यतित्व थिए । उनको मुलक प्रतिको देन आज पनि अझ अम्बर र अतुलनीय छ । उनले समाजलाई बुझ्ने र बदलने कुरामा कहिलै कन्जुस्याई गरेरनन् । संघर्ष गरी रहे, न तत्कालिन सासकसामु घुडा नै टेके, न जातिय अंहकारको सामु सम्झौता नै गरे । आखिर नेपाल भारत लगायतका थुप्रै मुलुकहरूमा आफ्नो प्रभुत्व जमाएर नै छाडे यस कार्यमा उनलाई हजारै चेलाहरूको साथ मिल्यो । आज पनि उनको यो विचारलाई आत्म साथ गर्दै हजारैले ज्ञानदिलदासको खोजी गरिरहेका छन् ।
आज हाम्रासामु थुप्रै चुनौतिहरू लाम लागेर बसेका छन् । के हामी ति चुनौतिहरूलाई सामना गर्दै अघि बढ्न र असली चेला बन्न सक्छौँ ? के उनले सुरुवात गरेका जातीय, लैङ्गिक, संस्कृतिक आन्दोलनलाई निरन्तरता दिदै निर्णायक मोडमा पु¥याउन सक्छाँै उनको समानताको सोचको बाटोलाई सामुहिकताको साथ पार लगाउन सक्छौँ, हामीमा उनको जस्तो एकले अर्कोलाई हेर्ने भावना र दिने माया प्रेरणाको विकास हुन सक्ला? उनका यी प्रयासहरू बचाउन सकिएला ? यी वात प्रश्नहरूको उत्तर हामीले आफैसँग खोज्न सक्नु पर्दछ । हामीले सरल ढंगले जवाफ खोज्न सकेको खण्डमा मात्र उनका असली चेला बन्न सकिन्छ । उनको मर्म र भावनालाई बुझेर समाजको गतिमा अघि बढ्न सक्यौ भने (ठूला साना, धनी–गरीब, उच्च–निच) विभिन्न खाले विभेदका काडे तारहरू नटाँगी स्वच्छ र साझा फुलबारीको निर्माण गर्न सकेको खण्डमा मात्र ज्ञानदिलदासको सपना पूरा गर्न सकिन्छ असल समाजको निर्माण गर्न सकिन्छ । प्रण गरौँ त्यो हाम्रो दायित्व र कतव्र्य हुन जान्छ ।
हाल दमक, झापा