काठमाडौँ, २४ असोज । जिल्ला अदालत काठमाडौँले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो ।
गएको भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गएको बिहीवार प्रहरीले पक्राउ गरी सोमवार अदालतमा उपस्थित गराएको थियो ।
दशैँ बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमवार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।
सोमवार जिल्ला अदालत काठमाडौँले असोज २० गतेदेखि लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए ।