Logo

सन्दीपविरुद्ध गौशाला २६ ले गरिन् पुनरावेदन नदिने निर्णय

महान्यायाधिवक्ता र सरकारी वकिललाई दिइन् निवेदन



काठमाडौं, ११ साउन । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दा थप अगाडि नबढ्ने भएको छ।सन्दीपमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय गरेसँगै यो मुद्दा अघि नबढ्ने भएको छ। उच्च अदालतको फैसलाविरुद्ध उनले पुनरावेदन नगर्ने निर्णय गरेकी हुन् ।

गौशाला २६ ले बुधबार महान्यायाधिवक्तालाई भेटेर नै निवेदन दिएकी थिइन् । यसैगरी, उनले शुक्रबार उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गराएकी छिन् । सरकारी वकिलमा उनको निवेदनको दर्ता नम्बर ३३२ रहेको छ । अब मुद्दालाई थप अगाडि नबढाउन पनि उनले अनुरोध गरेकी छिन् ।

उक्त निवेदनमा लेखिएको छ,‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु । मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु । साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइन । सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन आग्रह गर्छु ।’

प्रतिक्रिया दिनुहोस्