काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले बलात्कार आरोपमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा.कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान दिने निर्णय गरेको हो ।
यसअघि उच्च अदालतले पाटनले उनलाई विदेश जान रोक लगाउँदै २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।
महान्यायाधिवक्ता कार्यालयले पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै पुनरावेदन दिएको थियो भने सन्दीपले क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।
दुवै पुनरावेदनलाई अग्राधिकार दिएर संयुक्त सुनुवाइ गरिएको थियो । लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।





