Logo

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौँ, २३ भदौ । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

लामिछोनेविरुद्ध नाबालिकाले बलात्कारको जाहेरी दिएसँगै त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।

अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ।

सन्दीपले आफू निर्दोष भएको बताएका छन् । कानुनी उपचारका लागि उनले क्यानकाेसमेत सहयोग मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्