काठमाडौँ, २६ चैत । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।
जिल्ला अदालत काठमाडौँले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ ।
अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ ।