काठमाडौँ, १० भाद्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको छ ।
लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।
मुद्दाको अन्तिम किनारा नलागेको भन्दै सन्दीप एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका छैनन् । उनी आज राति पाकिस्तान जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
यसअघि सन्दीपको मुद्दामा गत साउन ३२ गते मुद्दामाथि सुनुवाइ भएको थियो । उक्त दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६) की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।