Logo

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन



काठमाडौँ, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको थियो । मुद्दाको अन्तिम किनारा नलागेको भन्दै सन्दीप एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका छैनन् । उनी आज राति पाकिस्तान जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यसअघि सन्दीपको मुद्दामा गत साउन ३२ गते मुद्दामाथि सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६) की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्