Logo

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा



काठमाडौँ, २१ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासको ३ नम्बरमा पेसी तोकिएको हो ।

यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।

भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भई २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

प्रतिक्रिया दिनुहोस्