Logo

सन्दीप लामिछाने आज थुनामुक्त हुँदै



काठमाडौँ, २९ पुस । उच्च अदालत पाटनको आदेशमा क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । अदालतको आदेश अनुसारको धरौटी रकम बुझाउन हिजा सम्भव नभए पछि आज रिहा हुने भएका हुन् ।

उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएपनि समय अभावका कारण उनी आज मात्रै थुनामुक्त हुने भएका हुन् ।

लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्