Logo

सपनाहरूको बहि कविता संग्रहको कृति परिचर्चा 



झापा, १२ साउन । नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिको आयोजनामा सपनाहरूको बहि कविता संग्रहको एक समारोह बिच कृति परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कवि अभागी थेगुवाले लेख्नु भएको उक्त कविता संग्रहको परिचर्चा लेखक कुमार भट्टराई, पुन्य प्रसाद बराल, लक्ष्मी रिजाल र टिकाराम कट्टेलले गर्नु भएको थियो ।

कबिता समय सापेक्ष र कबिले बोलि मार्फत नबोले पनि कबिताको माध्यम समाजलाई सन्देश दिन खोजिएको र गणितीय भाषा प्रयोग भएको बिरलै कविता भए पनि परिवार, समाज र राष्ट्रियलाई सुदृढीकरण गर्न सबै नलाग्ने हो भने हामी अन्य देश भन्दा पछि परिने देखि लिएर शिक्षक र माया प्रेम आदि बिषयले कविता सग्रह रोचक बनेको र अझ राम्रा कविताहरु आउदा दिनमा प्रकाशित होस कवि महारानीगन्ज माबी अर्जुनधारा ११ का प्रधानाध्यापक समेत रहेको र आफ्नो जिम्मेवारी पूरा गर्दै बचेको समय ब्यवस्थापन गरि समाज र नगरको सम्पत्ति रहेको भदै परिचर्चा कर्ता एवम् लेखक पुन्य प्रसाद खरेल, शिक्षक पुन्य सुबेदी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

यसै क्रममा नगरमा नवप्रवेसी शिक्षक सुमन कटुवाल, बबिता नेपाल , रेखा तिमसिना, केशव भट्टराईलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख एवम् उप सचिब तोयानाथ रेग्मीले प्रशंसा पत्र सहित सम्मान गर्दै स्वागत गर्नुभएको थियो । कवि थेगुवाले सम्पुर्ण परिचर्चा कर्ता एवम् उपस्थित अतिथिहरुको सक्रिय सहभागी जनाइ हौसला दिनु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

नेपाल शिक्षक महासङ अर्जुनधारा नगर अध्यक्ष चन्द्र खत्रीको अध्यक्षतामा संचालित कार्यक्रमको सहजीकरण टंक न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्