काठमाडौं, २५ जेठ । उद्दार तालिमका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउदको शव फेला परेको छ।
उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेको हो ।
उनीसँगै सप्तकोसीमा अभ्यास गर्ने क्रममा डुबेका अर्का जवान झापाका हरदेव राजवंशीको शव भने शुक्रबार नै फेला परेको थियो।