Logo

सप्तकोशी नदीमा तीन जना बेपत्ता, एक जनाको शव भेटियो



सुनसरी, ६ वैशाख । सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता भएकामध्ये झापा दमक-२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

बेपत्ता भएका दमक-९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी-७ का १८ वर्षीय राज गुरागाईंको खोजी भइरहेको उनले जानकारी दिए ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्