Logo

सप्तकोसी आसपासका क्षेत्रमा जोखिम कायमै



सुनसरी, २२ साउन । सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहेको छ । यसले गर्दा बाढी, डुबान र कटानको जोखिम कायमै छ ।

आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास नै हुने भएकाले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्