Logo

सप्तक सङ्गितालयले पुर्बका गायक हस्त परियारलाई गर्यो सम्मान



झापा, २३ मंसिर । सप्तक सङ्गितालय बिर्तामोडले स्वरसम्राट नारायणगोपालको ३४ औ स्मृति दिवसको अवसरमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गायक, रचनाकार एवम् संगीतकार हस्त परियारलाई सम्मान पत्र सहित मायाको चिनो प्रदान गरिएको थियो ।

मेरोआखालाइ राख्ने फुलबारी छैन भन्ने गितले संगित गुरु अर्पण सापकोटाले सुरु गर्नु भएको कार्यक्रममा सप्तकका विद्यार्थी एवम् नेपालबाट संचालित सारेगामा प लिटिल च्याममा भाग लिइरेका भाइ बैनिहरु अनन्त मिश्र,अपेक्षा भन्डारी, सस्कार सापकोटा, स्मायन बजगाइ, आलिया अधिकारी साथै कृष्ण गौतम र सप्तककी सानी नानी रिलिक्स राज्य लक्ष्मी पौडेलले दर्सकहरुको मन छुने गरि आफ्नो प्रस्तुति दिनुभएको थियो ।

त्यसै गरि सङ्गितालयको मासिक कार्यक्रम अन्तर्गत प्रथम,दोस्रो र तेस्रो हुने विद्यार्थीहरु रेहा प्रधान,स्मायन बजगाइ र बिज्ञान डागी पुरस्कृत भएका थिए भने उत्कृष्ट विद्यार्थीहरु रुपमा गोमा परियार र कृतज्ञा कटुवाललाइ सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

गुरु अर्पण सापकोटा अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि महिला उद्यमशील समुह बिर्तामोडकी संयोजक राधिका चुडाल, अतिथि संगीतप्रेमी कृष्ण पौडेल, सचीव मुना काफ्लेले सम्मानित हुनु हुने सम्पुर्णमा उज्वल भबिष्यको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत सस्थापक कुसल पौडेलले गर्नु भएको थियो भने नारायण गोपालका जिवनी मुना बिमलीले प्रस्तुत गर्नु भएको थियो ।

सो अबसरमा सम्मानित परियारले स्वरसम्राट नारायणगोपाल र आफ्नो गित प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्