Logo

सप्तरीमा करेन्ट लागेर विद्यार्थीकाे ज्यान गयाे



सप्तरी, १२ जेठ । सप्तरीमा करेन्ट लागेर एक जना विद्यार्थीको विद्यालयमै ज्यान गएको छ ।

राजविराजको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत तेसलान्नद यादवको ज्यान गएको हो ।

विद्यालयमा आयोजित क्रिकेट प्रतियोगितामा साउन्ड सिस्टम बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर राजगढ गाउँपालिका-१ झुटकीका यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्त तथा विद्यार्थीहरूले विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्