Logo

सप्तरीमा टिपरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि अवस्था तनावपूर्ण



सप्तरी, ५ पुस । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ ।

मङ्गलवार बिहान रुपनी गाउँपालिका-१ का शंकर यादवको १२ वर्षीया छोरी रिताकुमारीलाई ना १ ख ८५४२ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको हो ।

मृतकका आफन्त, स्थानीयवासी र विद्यार्थीले पूर्व-पश्चिम राजमार्गको रूपनीमा सडक बन्द गरेका छन् । मृतक रिताकुमारी कन्छु नर प्रताप उच्च मावि रायपुरमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

राजमार्गमा नै किशोरीको शव राखेर आफन्त र विद्यार्थीले सडक बन्द गरेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास, हवाई फायर र रबरको गोलीसमेत चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्