Logo

सबै दल र सांसदहरूसँग विश्वासको मत माग्‍न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ, २५ पुस । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि विश्वासको मत माग्ने निर्णय गरेको छ।

सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेस लगायतका गठबन्धन बाहिरका दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत रूपमा पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग विश्वासको मत मागिएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि सबै दलहरुलाई आह्वान गर्ने र पार्टीका सांसदहरूले अन्य दलका सांसदहरुका लागि पहल गर्न निर्देशन दिएको उनले बताए ।

‘प्रधानमन्त्रीको नियुक्ती हुने बेलामा नै दस्तखत गर्ने बाहेक बाँकी रहेका सबै दलहरूसँग पनि विश्वासको मत दिनका लागि अपील गरेका छौं । उहाँहरूसँग कुरा गरेका छौं । दलका सबै सांसदहरूलाई प्रतिनिधिसभामा भएका सबै सांसदहरूसँग एक आपसमा विश्वासको मत माग्नुस् भनेर निर्देशन दिनुभयो,’ पाण्डेले भने ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्